१५ बैशाख २०८२, सोमबार

नेपाल बैंक लिमिटेडको सीईओमा पाण्डेय नियुक्त


तिलकराज पाण्डेय

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् । हिजो शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।

पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए । उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !