२ फाल्गुन २०८२, शनिबार

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो


नेपाल बैंक लिमिटेड

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । गत जेठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कँडेलका अनुसार २७ वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको वृद्धि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !