काठमाडौं । कृषि विकास बैकको नयाँ शाखा भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा सञ्चालनमा आएको छ । बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् ।
‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराए ।
बैकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनु हुन बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे ।
पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए । साथै, कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिए ।
बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरि सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।
उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए ।
बैकमा झण्डै ३ लाख शेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ । भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।












