काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । गत भदौं २० गते उपप्रधान तथा अर्थ मन्त्रालयले गरेको मन्त्रिस्तरको निर्णयानुसार मैनाली सञ्चालक समितिको सञ्चालक सदस्यमा मनोनयन भएका हुन् ।
नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु सञ्जीवकुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।












