काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र एमएडडब्लू वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर ब्याजदरमा नामी र सेरेस ब्रान्डको विद्युतीय गाडी खरिद गर्न सकिन्छ । य
यसैगरी उक्त दुई ब्रान्डका गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने जनाएको छ ।
कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । साथै सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता ०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।












