१ कार्तिक २०८१, बिहीबार

सुनको मूल्यमा ऐतिहासिक नयाँ रेकर्ड कायम


सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक नयाँ रेकर्ड बनाएको छ । हिजो बुधबारको उच्च मूल्यलाई ब्रेक गर्दै छापावाल सुन आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन आज प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !