काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था आरवि विमर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापकको रुपमा कार्य गर्दै आएको छ ।
वाणिज्य बैंक लिमिटेडले आ.व.२०८०/८१ नाफाबाट रकम रु.३,६०,००,०००/ –(अक्षरुपी तीन करोड साठ्ठी लाख रुपैंया मात्र) (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ । जुन चुक्ता पुँजीको १८% ले हुन आउँछ । राष्ट्रिय वाणिज्य बैंकको प्रेस विज्ञप्ति अनुसारकाे तयार गरीएकाे समाचार जस्ताको तस्तै सम्प्रेषण गरिएको छ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापक को रुपमा कार्य गर्दै आएको छ ।
यस कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट कम्पनीको शेयरधनी श्री राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८% ले हुन आउने रकम रु.३,६०,००,०००/–(अक्षरुपी तीन करोड साठ्ठी लाख रुपैंया मात्र) (कर सहित) नगद लाभांश वितरण गर्न कम्पनीको नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको छ । यस कम्पनीले शेयरधनी श्री राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगत वर्षहरु देखि नै लगातार नगद लाभांश वितरण गर्दै आएको छ ।
यस कम्पनी को अध्यक्षमा श्री सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रुपमा श्री बद्रि प्रसाद प्याकुरेल कार्यरत रहेको छन्। राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अर्न्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आ.व.२०८०/०८१ को लागी योजनाको इकाई-धनीहरुलाई कर सहित क्रमश ः ३.८१% र ८.७५% का दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देश भर रहेका २९५ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथी पुगेको छ ।
यस कम्पनीले १४ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको । यस कम्पनीले विभिन्न संस्थाको (IPO, FPO, Right, Underwriting) को व्यवस्थापनको कार्यहरु गर्दै आएको छ । यस कम्पनीले संस्थागत तथा व्यक्तिगत ग्राहकहरुको संख्यामा उल्लेखीय रुपमा बृद्धि गर्दै लगानी व्यवस्थापनको कार्य गर्दै आईरहेको छ ।