१२ आश्विन २०८१, शनिबार

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट


स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८‍.५ मिटर अग्लो रहेको छ भने यस ३ सय ६० डिग्रीमा काठमाडौं उपत्यकाका दृश्यावलोकन गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !