१८ असार २०८१, मंगलबार

कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव


कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव मनाएको छ । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा ५७ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको यो अवधिमा बैंकले १२ करोड ८९ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड खुद नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको प्रशंसा समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले बैंकको वित्तीय विवरणको प्रशंसा गरेका हुन् ।

गभर्नर अधिकारीले बैंकको बोर्ड, व्यवस्थापन र कर्मचारीको अथक मेहनत र प्रयासले दोस्रो त्रैमासमा राम्रो रिकभरी बढेर बैंक नाफामा गएकोमा बैंकको प्रशंसा गरेका छन् । उनले बैंकको एक तिहाईभन्दा बढी कर्जा कृषिमै लगानी रहेको बताए ।

कृषि विकास बैंक २०२४ सालमा स्थापित भएको हो । यो बैंकले २०४१ सालबाट कर्मियल बैंकिङ एक्टिभिटी सुरु गरेको थियो । ‘२०४१ सालमा पहिलोपटक प्रविधिको प्रयोग गर्ने बैंक पनि कृषि विकास बैंक नै हो । कृषि विकास बैंकले २०६२ सालमा ‘क’ वर्गको बैंक बनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !