३ असार २०८१, आइतबार

सहकारी ठगीको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ


पक्राउ

पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।

पराजुलीलाई आज बुधबार पर्वत प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा घुस लिएको आरोप छ ।

पर्वत प्रहरी स्रोतका अनुसार पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । सोहीको आधारमा पराजुलीलाई पक्राउ गरिएको हो । उनलाई आजै कास्की पठाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !