६ जेष्ठ २०८१, आइतबार

मौद्रिक नीति : अब घर बनाउन २ करोडसम्म कर्जा पाइने


घर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ । आज आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याइएको छ ।

घरजग्गा व्यवसायलाई अनुत्पादक मान्दै यसमा जाने कर्जामा कडाइ गर्दै आएको राष्ट्र बैंकले घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा केही लचिलो नीति लिने संकेत गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !