४ असार २०८१, मंगलबार

उद्योग उकास्न सरकारलाई सहयोग गर्नुस, भागेर हुँदैन : उद्योगमन्त्री रिजाल


रमेश रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परिसंघको टोलीले भेट गरेको थियो ।

भेटका क्रममा मन्त्री रिजाललाई परिसंघ टोलीले उद्योग क्षेत्रमा रहेको बिभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, “सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !