७ जेष्ठ २०८१, सोमबार

नबिल बैंकका ग्राहकले शाओमी ब्राण्डका सामानको ईएमआई सुविधा


नबिल बैंक र शाओमी ब्राण्ड

काठमाडौँ । नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र साओमी नेपालका प्रमुख अमितकुमार पन्डा, रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले साओमी ब्रान्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाका लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

साओमी ब्रान्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउन पेमेन्ट गरी साओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन् ।

त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !