१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला रु १० ले ओरालो लागेको महासङ्घले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक हजार दुईसय ९५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार दुई सय ८५ तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !