१४ बैशाख २०८१, शुक्रबार

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता


एनसीसी बैंक र कर्णाली कियर हस्पिटलबीच सम्झौता

काठमाडौं । ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच मम्झौता भएको छ । एनसीसी बैंकले ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रादपमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उपनिर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा विशेष छुट पाइनेछ ।

जस अनुसार बैँकका ग्राहकले क्याबिल डिलक्समा २५ प्रतिशत, क्याबिन नर्मल र होलबडी चेकअपमा २० प्रतिशत लगायतका छुट पाउन सक्ने छन् । यस्तै अप्रेशन शुल्कमा १५ प्रतिशत, सीटी स्क्यान, एक्स-रे र अल्ट्रा साउन्ड (यूएसजी), इको, इन्डोस्कपी, आइसीयू–एनआईसीयू, पोस्टअप, डेन्टल र एम्बुलेन्स सेवामा १० प्रतिशत र प्याथोलोजी र फार्मेसीमा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !