१२ बैशाख २०८१, बुधबार

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य


पेट्रोलियम पदार्थ

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालमा डिजेल र पेट्रोलको नयाँ मूल्य बढाएर पठाएको छ । आज बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको हो ।

यद्यपि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।

 

 

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !