१४ पुस २०८१, आइतबार

भारतबाट लगभग १७ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य, के गर्ला निगमले ?


पेट्रोलियम पदार्थ

काठमाडौँ । भारतबाट फेरि लगभग १७ रुपैयाँ प्रतिलिटर पेट्रोल पदार्थको मूल्य घटेर नेपाल आएको छ । पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आईओसीबाट आज सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल मट्टितेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको छ ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएतापनि पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

यसरी आईओसी पेट्रोलियम पदार्थको मूल्य घटाएर पढाएपछि अव नेपाल आयल निगमले के गर्ला भनेर आम नागरिकमा चासो बढेको छ । यद्यपि आयल निगमले यसअघिको घाटा समायोजन गर्ने भन्दै फेरि नघटाउन सक्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले नेपालपत्रलाई बताए ।

उनले यसअघि पनि यस्तै अनुपातमा आईओसी पेट्रोलियम पदार्थको मूल्य घटाएर पढाएपनि नेपाल आयल निगमले नघटाएको उनले बताए । यसको बिरोधमा आम नागरिक र उपभोक्ता हित संरक्षण अभियन्ता लाग्नुपने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !