१२ पुस २०८१, शुक्रबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : कति पुग्यो प्रतिलिटर ?


पेट्रोलियम पदार्थ

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल-मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल/मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।

 पेट्रोलियम पदार्थको मूल्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !