११ आश्विन २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठकमा आर्थिक सर्वेक्षण पेश


राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘आ.ब.२०७८/०७९ को आर्थिक सर्वेक्षण’ पेश भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम १३ बमोजिम राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरको नामावली पुनर्गठन समेत गरेको छ । पुनर्गठित कार्य व्यवस्था परामर्श समितिमा सांसदहरु अनिता देवकोटा, देबेन्द्र दाहाल, गोपिबहादुर सार्की अछामी, मदनकुमारी साह(गरिमा), प्रमिला कुमारी तथा शेखरकुमार सिंह रहेका छन् ।

कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त नामावलीलाई सभाले अनुमोदन समेत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !