३ मंसिर २०८१, सोमबार

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक


hunda

१० वैशाख, काठमाण्डौ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ । वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो ।

होण्डालाई सन् १९४० मा ज्योति ग्रुपले पहिलोपटक नेपालमा भित्राएको थियो । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेता हो । २०६८ साल जेठ २४ गते कम्पनीले आफ्नो नाम स्याकार कम्पनी लि. बाट स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिमा रुपान्तरण गरेको थियो ।

५० वर्ष पूरा गरेको अवसरमा नेपालीमाँझ खुसी छर्नको लागि होण्डाले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कूटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै ग्राहकहरुले स्क्र्याच कुपनमार्फत ४ हजारदेखि १ लाख सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सुरुवातती दिनमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार ट्रेडिङ्ग कम्पनीले वर्तमान समयमा हरेक वर्ष ६० हजार भन्दा बढी मोटरसाइकल तथा स्कूटर आयात गर्ने गरेको छ । हाल होण्डा मोटरसाइकल तथा स्कूटरहरुको नेपालभर १०० वटाभन्दा बढी आउटलेटहरु रहेको स्याकार कम्पनीले जनाएको छ ।-नागरिक न्युजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !