काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षमा १४ वाणिज्य बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै आर्थिक जरिवाना र सचेत गराएको हो ।
राष्ट्र बैंकले एक बैंकलाई नगद जरिवाना गर्दा गरिएको छ भने अन्य १३ बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । प्रभु बैंकलाई अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै १ लाख ८० हजार ४ सय ३० रुपैयाँ जरिवाना गरिएको छ ।