
काठमाडौं । आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले बढेको छ । यो सँगै मंगलबार ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ ।