११ पुस २०८१, बिहीबार

धितोपत्र बाेर्डकाे अध्यक्षमा समितिद्वारा ३ जनाकाे नाम सिफारिस


नेपाल धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बाेर्डकाे अध्यक्ष लागि ३ जनाकाे नाम सिफारिस गरिएको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये आइतबार ५ जनालाई अन्तर्वाताका लागि बाेलाएकाेमा ३ जनाको नाम सिफारिस गरिएको हो ।

आज बसेकाे सिफारिस समितिकाे बैठकद्वारा अन्तर्वातमा बाेलाएका ५ जनामध्ये निरज गिरी र खगेन्द्र कटुवाललाई पछाडि पार्दै कृष्णराज पाेखरेल, डा. गोपालप्रसाद भट्ट र रमेश कुमार हमालकाे नाम सिफारिस गरिएको हाे ।

अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेपनि सो आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरेको थियो ।

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर नेप्सेकाे ओटीसी बजारबाट छाेरीकाे नाममा खरिद गरेपछि विवादित बनेका बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ ।

आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख गरिएको थियो । बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ भुषाल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !