
काठमाडौं । सुनको मूल्य प्रतितोला बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ । चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ ।