९ पुस २०८१, मंगलबार

ट्राफिक जरिवाना प्रभु–पेको किअस्क मेसिनबाट तिर्न सकिने


ट्राफिक जरिवाना

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् । यो सँगै ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने भएको छ ।

ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !