काठमाडौँ । एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यहि पुस २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयरधनीहरुको जानकारीका लागि भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत अनलाइन प्रसारण गरिएको बैंकले जानकारी दिएको छ ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाले बैंकले अधिकृत पूँजी रु. १६ अर्वबाट वृद्धि गरी रु.२० अर्व पुर्याउने प्रस्ताव पारित गरेको विज्ञप्तीमा बताइएको छ ।