१२ आश्विन २०८१, शनिबार

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाईनबाटै प्राप्त गर्न सकिने


एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड

काठमाडौँ । एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ ।

आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ ।

बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !