
काठमाडौं । आज सुनको मूल्यको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज महासंघले चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको बताएको छ ।