२१ बैशाख २०८१, शुक्रबार

शिवम् सिमेन्ट नेपालकै पहिलो आईपीओ जारी गर्ने सिमेन्ट उद्योग


शिवम् सिमेन्ट आईपीओ

काठमाडौँ । धितोपत्र बोर्डले शिवम् सिमेन्टलाईआईपीयो जारी गर्न स्वीकृति प्रदान गरेको छ । यसरी आईपीयो जारी गर्न स्वीकृति पाउने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ । शिवम्ले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपियाँका दरले आईपीओ खुलाउने भएको छ ।

शिवम्ले स्थानीयका लागि दुई प्रतिशत तथा सर्वसाधारणका लागि दश प्रतिशत गरी जारी पुँजीको १२ प्रतिशत आईपीओको अनुमति पाएको हो । यसअनुसार आठ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी हुनेछ ।

शिवम्ले आईपीओ जारी गर्दैगर्दा उसको वित्तीय अवस्था सबल रहेको पुष्टि गर्छ । कम्पनीको वित्तीय अवस्था र आगामी दिनमा आर्जन गर्ने प्रतिफललाई हेर्ने हो भने पनि लगानीकर्ताको लागि यो उपयुक्त थलो देखिन्छ ।

लगानीमा ठूलो रकम खर्चेको कम्पनीले आईपीओ मार्फत आफूलाई अझै मजबुद बनाउने विश्वास गर्न सकिन्छ । आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै लगेको शिवम् सिमेन्टमा लगानी गर्ने लगानीकर्ताले प्रतिफलबाट नाफा लिन सक्नेछन् र यसको सेयर मूल्यबाट पनि प्रशस्त नाफा कमाउन सक्ने ठाउँ देखिन्छ ।

शिवम्ले अन्तर्राष्ट्रिय क्रेडिट दर्जा एजेन्सी (इक्रा)बाट मजबुत आईपीओ रेटिङ ‘३ प्लस’ पनि प्राप्त गरिसकेको छ । ‘गुणस्तरको पहिचान हो शिवम् सिमेन्ट’ र ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने नारामा अडिग रहँदै आएको कम्पनीले आफ्ना उत्पादनलाई देशमा मात्र नभई भारतमा पनि बिक्री वितरण गर्न सक्ने क्षमता वृद्धि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु