७ मंसिर २०८१, शुक्रबार

शिवम् सिमेन्ट अब मोवाइल एपबाट खरिद गर्न सकिने


शिवम् सिमेन्ट

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड-१९ को विषम परिस्थितिमा ग्राहकहरुलाई सिमेन्ट खरिदमा सहज बनाएको छ। सिमेन्ट खरिद गर्नका लागि कम्पनीले सिमेन्ट जगतमै पहिलो पटक ‘शिवम् मोवाईल एप’ सार्वजनिक गरेको छ ।

जस अन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट सिवम मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्ने कम्पनीको दाबी छ ।

साथै भुक्तानीको लागि खल्ती, इसेवा, कनेन्ट आइपिएस र क्यास अन डेलिभरीको सुविधासमेत उपलब्ध गराएको छ। सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ ।

कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो ।

आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !