बाग्लुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना भाइरसका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको स्रोतले बतायो । स्रोतका अनुसार गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको छ ।
१० मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्रोतले बतायो ।