८ मंसिर २०८१, शनिबार

देउवा सरकारद्वारा दीर्घ रोगीलाई मासिक ५ हजार दिने घोषणा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजार दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै क्यान्सर, मिर्गौला रोग लगायतका गम्भीर प्रकृतिका रोग भएका बिरामी र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रकम दिने घोषणा गरे ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो ।

कोभिड-१९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रलाई उच्च प्राथमिकता दिएर पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

यो पनि पढ्नुहोस्

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

ओलीले सरकारले ल्याएका लगभग १४०० सडक आयोजना देउवा सरकारद्वारा खारेज

यस्तो छ देउवा सरकारले ल्याएको संशोधित बजेट (पूर्णपाठसहित)

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !