७ बैशाख २०८१, शुक्रबार

३२ प्रतिशत बढी राजश्व सङ्कलन


tax

गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ ।

यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले रु ८० लाख राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सङ्कलन भएको हो ।

रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !