३ आश्विन २०८१, बिहीबार

सुनको मूल्य घट्यो


अवैध सुन बरामद

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !