२ असार २०८१, शनिबार

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट


लेखराज भट्ट

कञ्चनपुर, ११ कात्तिक । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताउनु भएको छ । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उहाँले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।

वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उहाँले बताउनुभयो । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने जनाइएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा आर्यघाट जाने बाटो नजिक मङ्गलवार साँझ दुई मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मोटरसाईल ठोक्किदा मृत्यु हुनेमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली रहेका छन । गोदावरी नगरपालिका-१० का ३४ वर्षीय युवराज जोशी सख्त घाइते भएका छन ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरित दिशाबाट आउदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !