८ मंसिर २०८१, शनिबार

सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि


सुन

काठमाडौँ, २० असोज । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा पनि रु ८०० ले नै वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज भने रु ९४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २०० मा कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !