भदौ ४, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।