७ जेष्ठ २०८१, सोमबार

गोदावरीको बजेट एक अर्ब ६८ करोड


गोदावरी नगरपालिका

ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि कूल बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार अनुमान गरेको छ । सातौँ नगरसभामा बुधबार उक्त बजेट प्रस्तुत भएको हो ।

नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ रु चार करोड १२ लाख ५० हजार प्राप्त हुने बजेटा उल्लेख छ ।

त्यस्तै मालपोत राजस्व बाँडफाँटतर्फ रु २० करोड छ लाख ४२ हजार ७१०, सर्शत अनुदानतर्फ रु ६० करोड २९ लाख ७२ हजार, चालु आवको आय रु ३५ करोड रहेको गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

यसैगरी नगरपालिकाको चालुतर्फ रु ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ रु ३९ करोड ३५ लाख ५० हजा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !