८ मंसिर २०८१, शनिबार

चम्पादेवी पार्क निर्माणको काम सुरु


काठमाडौा, १६ वैशाख । धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माण सुरु भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत जल तथा वातावरण संरक्षण कोष नेपालको सहयोगमा उक्त पार्कको निर्माण सुरु भएको हो ।

उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुन लागेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो ।

पार्क निर्माणको लागि रु चार करोड अनुमान गरे पनि यस वर्ष मात्र सहरी विकास मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ ।

पचास रोपनी क्षेत्रफलमा स्थापना हुन लागेको पार्कमा गत वर्ष रु नौ लाख बजेट विनियोजन भएको थियो ।

यस्तै चम्पादेवी पदमार्गअन्तर्गत देउराली खण्डमा पर्ने खोकना रुद्रायणी मङ्खाखोला गुठीको आयोजनामा सो पार्कभित्र विश्रामस्थलसमेत निर्माण भइसकेको तामाङले बताउनुभयो ।

उक्त पार्कमा काठमाडौा उपत्यकाका विभिन्न ठाउाबाट मानिस वनभोज जाने तथा उपत्यका वरपरबाट समेत आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !