३ माघ, पर्वत । अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ । उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो । निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन ।
केही दिनअघि जिल्ला समन्वय समितिमा गोप्य छलफल गरी क्रसर ब्यवसायीले नदीमा नदीजन्य बस्तुको उत्खनन्लाई तिब्र बनाएका हुन । जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा ढुंगा, गिट्टी बालुवा उत्खनन् तिब्र बनेको छ ।
निश्चित रुपमा मान्छेले निकाल्नुपर्नेमा नदीको बिचभागमा डोजर पुर्या्एर नदी दोहन भइरहेको छ । सरोकारवालाले सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव भएको भन्दै तत्काल सम्बन्धित निकायले ध्यान पुर्यालउनुपर्नेमा जोड दिएका छन् ।
केही वर्षअघि सञ्चारकर्मीको निगरानीले रोकिएको दोहन पुनः सुरु भएको हो । पछिल्लो समय स्थानीय प्रहरी प्रशासन मौन बसेपछि व्यावसायीको मनोमानी बढेको हो । जिल्ला समन्वय समितिको मिलेमतोमा निर्माण सामाग्री अभाव भएको बाहना बनाएर नदीमा डोजर र एक्साभेटर हालिएको स्रोतले जनाएको छ ।