१७ पुस २०८१, बुधबार

बन्दाबन्दीमा जारी छ भित्री सडकका काम


सडकमा ‘ओभर ले’

काठमाडौँ, १६ असार । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ । कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका लागि ठेक्का गरेको थियो ।

बन्दाबन्दीको असहज अवस्थामा पनि काम जारी रहेको वाल निर्माणको ठेक्का पाएको राजरोज कन्स्ट्रक्सनका प्रबन्ध निर्देश्क मन श्रेष्ठले जानकारी दिनुभयो । तोकिएको समयमा जिम्मेवारीको काम सक्ने गरी काम भइरहेको पनि उहाँले सुनाउनुभयो ।

नगरपालिकाले प्राविधिक लगत स्टमेट गरी रु ५० लाख बजेट लाग्ने भनी प्रतिवेदन पेश गरेको सडकमा आधा कामका लागि मात्र कार्यालयले ठेक्का गरेको छ । आधा काम भएपछि के हुने भन्ने अझै निश्चित नभएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले साना आयोजनामा पनि आधामात्र बजेट विनियोजन गर्दा वडाको वैकल्पिक सडक अलपत्र हुने देखिएको पनि उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !