१ असार २०८१, शुक्रबार

बृहत् सरसफाइ जागरण अभियान शुरु


प्रदेश नं २

१९ फागुन, कलैया । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको सदरमुकाम कलैयामा बृहत् सरसफाइ जागरण अभियानको शनिबार उद्घाटन गर्नुभयो ।

जिल्लास्तरीय सरसफाइ स्वच्छता अभियान बाराको आयोजनामा शुरु भएको अभियान कार्यक्रममा मन्त्री सोनलले प्रदेश नं २ लाई नै सरसफाइ गर्नका लागि प्रदेश सरकारले अभियानका रुपमा लैजान घोषणा गरेको हुँदा अभियानलाई सार्थक बनाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।

जिल्लालाई हराभरा, सफासुग्घर बनाउनका लागि यो अभियान प्रदेश सरकारले अगाडि बढाएको प्रष्ट पार्दै मन्त्री सोनलले सरसफाइले जीवनको हरेक पललाई सार्थक बनाउनमा मद्दत पुग्ने भएको हुँदा पनि एक घर एक शौचालयको अवधारणाअनुसार अनिवार्यरुपमा चर्पी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घीय सांसद एकवाल मियाँ, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासलगायतले आफ्नो भनाइ राख्नुभएको थियो । सदरमुकाम कलैयाको विभिन्न भागमा सरसफाइसमेत मन्त्री सोनलको अगुवाइमा भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !