१२ पुस २०८१, शुक्रबार

कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी


तालाबन्दी

लहान । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनःतालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनःतालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनःतालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिनुभयो । जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वजानिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उहाँले बताउनुभयो ।

यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख सूर्यनाथ मण्डल निलम्वनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !