१३ पुस २०८१, शनिबार

मुख्यमन्त्रीको राजीनामापछि सत्ता-समीकरणको खेल उथलपुथल, संसदीय दलको बैठक सुरु


शङ्कर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता-समीकरणको खेल उथलपुथल भएको छ । स्रोतका अनुसार अहिले भर्खरै एमाले संसदीय दलको बैठक बुटवलमा शुरु भएको छ ।

स्रोतका अनुसार आज आइतबार बिहान लुम्बिनी प्रदेश एमाले संसदीय दलको बसेको बैठकमा उनले राजीनामा दिने निर्णय गरेका थिए । आफ्नो सरकारबिरुद्ध पेश अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !