२० पुस २०८१, शनिबार

प्युठानमा तीन हजार परिवारलाई राहत


राहत

झिमरुक, २१ वैशाख । प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारले राहत पाएका छन् । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन् ।

प्युठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन् । प्युठानले मजदूर तथा विपन्न परिवारका लागि रु पाँच लाखभन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !