१७ असार २०८१, सोमबार

अब देश आर्थिक समृद्धिको युगमा : मन्त्री हिक्मत कार्की


hikmatkarki

२० चैत, झापा । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशमा आर्थिक समृद्धिको युग सुरु भएको बताएका छन् ।

‘दिगो विकास लक्ष्यप्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ झापाको विर्तामोडमा आयोजित ६१औँ राष्ट्रिय सहकारी दिवस समारोहको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कारोवारका दृष्टिकोणले झापाका सहकारीहरू अब्बल रहेकाले प्रदेश १ को आर्थिक विकासमा झापाको भूमिका अग्रणी हुने मन्त्री कार्कीले उल्लेख गरे । मन्त्री कार्कीले भने, ‘देशमा राजनीतिक क्रान्ति सकिएको छ । अब समृद्ध राष्ट्र निर्माणमा सहकारीको महत्त्वपूर्ण भूमिका रहनेछ, यसका लागि आर्थिक समृद्धिको युग सुरु भइसकेको छ ।’

झापा जिल्ला सहकारी संघ, डिभिजन सहकारी कार्यालय झापा, बचत तथा ऋण सहकारी केन्द्रीय संघ, केन्द्रीय सुपारी संघ, साना किसान विकास बैंक तथा राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा संचारकर्मीसहित सहकारी अभियानमा निरन्तर क्रियाशील व्यक्तित्व तथा प्रारम्भिक सहकारी संस्थाहरूलाई सम्मानित/पुरस्कृत गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !