१३ आश्विन २०८१, आइतबार

प्रदेश नं १ मा थप २२८ जनामा कोरोना संक्रमण


प्रदेश १

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन/तीन तथा तेह्रथुम र भोजपुरका एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।

प्रदेशमा संक्रमितको संख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २० हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९१ जना रहेको छ । अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !