९ मंसिर २०८१, आइतबार

बराहपोखरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको लागि नियमविपरित मोटरसाइकल चालक मात्र तीनजना


शालिग्राम बञ्जरा

२१ साउन, खोटाङ् । खोटाङ्को बराहपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले नियमविपरित मोटरसाइकल चालक राखेका छन् । अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।

चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ । बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

तीनैजना चालकलाई मासिक १६ हजार रुपैयाँका दरले तलब दिने गरी राखिएको लेखा अधिकृत छत्र बानियाँले बताए । यस वर्ष उनीहरूको तलब बढाएर १७ हजार पु¥याएको छ । निजी सहायक चालकका रूपमा नियुक्ति पाएका तीनैजनालाई करारमा नियुक्त गरिएको छ । यो समाचार आजको नँया पत्रिकामा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !