१३ आश्विन २०८१, आइतबार

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले परिषद् बैठकको आयोजना गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी केशवप्रसाद उपाध्यायले परिषद् बैठकका यसअघि गरिएका निर्णयहरूको पुनरावलोकन, विकास आयोजना कार्यान्वयनमा प्रदेश र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा, कोभिड–१९ प्रतिकार्यका लागि तयारी, समन्वय र सहकार्यलगायतका एजेण्डा रहेको जानकारी दिए ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरू सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !