७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशसभाको ९ औँ अधिवेशन अन्त्य


कर्णाली प्रदेशसभा

सुर्खेत । कर्णाली प्रदेशसभाको ९ औँ अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !